नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देहीलाई

Post Date : March 16, 2017 | 10:49 pm

नेपालगन्ज, ३ चैत । यहाँ सञ्चालित दोस्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रुपन्देही–११ ले जितेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा सङ्कटा क्लबलाई ट्राइब्रेकरमा ५–६ गोलले पाखा लगाउँदै रुपन्देहीले उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले एक/एक गोलको बराबरी खेलेपछि ट्राईब्रेकरको आधारमा नतिजा निकालिएको थियो ।

प्रतियोगिताका विजेता टिमलाई रु पाँच लाख नगदसहित कप तथा प्रमाणपत्र प्रदान गरियो भने उपविजेतालाई रु दुई लाख ५१ हजार नगद, कप तथा प्रमाणपत्र दिइएको छ ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रुपन्देही—११ का शिव सुवेदीलाई म्यान अफ दि म्याच, सोही टिमका अमर डङ्गोललाई म्यान अफ दि सिरिज र उत्कृष्ट खेल प्रशिक्षकको पुरस्कार सङ्कटाका सल्यान खड्गीलाई प्रदान गरिएको छ ।

गत फागुन २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा भारत र नेपालका गरी आठ समूहको सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *