नेपालमा क्रेडिट रेटिङ एजेन्सी स्थापना हुने

Post Date : September 1, 2016 | 3:50 pm

काठमाडौं, १६ भदौ । नेपालमा क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय संस्था केयर रेटिङले नेपालको विशाल ग्रुप र इमर्जिङ नेपाल लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौतामा केयर रेटिङ भारतका डाइरेक्टर तथा प्रमुख कार्यकारी अधिकृत राजेश ओकासी, विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र इकार्टिङका नेपाल लिमिटेडका अध्यक्ष लालमणी जोशीले हस्ताक्षर गर्नु भएको छ ।

२ करोड चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिङ (नेपाल) को लगानीमा केयर रेटिङ्सको ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत, इकार्टिङ नेपालको १० प्रतिशत र बाँकी २० प्रतिशत बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी तथा अन्य कर्पोरेट कम्पनीबाट ९ प्रतिशत बनाउने गरी लगानी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *