नेपालमा पहिलो पटक ‘बैंकिङ एक्स्पो’ आयोजना हुँदै

Post Date : April 25, 2017 | 8:41 am

काठमाडौँ, १२ वैशाख । काठमाडौँको भृकुटीमण्डपमा पहिलो पटक बैंकिङ एक्स्पो हुने भएको छ । आगामी वैशाख १५, १६ र १७ गते हुने एक्स्पोमा बैंक तथा वित्तीय सेवासम्बन्धी जानकारी गराइने छ ।

नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल, नेपाल लघुवित्त बैंकर्स संघलगायत संस्थाको सहकार्यमा उक्त एक्स्पो हुने भएको छ ।

बैंकिङ एक्स्पोमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष, लघुवित्त संस्था, बीमा, रेमिट्यान्स कम्पनी आदिले स्टल राख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *