नेपाली टिमुर फ्रान्स र जर्मनीमा खपत

Post Date : August 5, 2016 | 11:07 am

काठमाडौं, २१ साउन । नेपालमा उत्पादन भएका टिमुर जर्मनी र फ्रान्समा खपत हुने गरेको छ । सुर्खेत, अछाम, सल्यान र जाजरकोट जिल्लाका कृषकहरूले उत्पादन गरेको टिमुर खपत हुन थालेको हो । एकपटक रोपेपछि धेरै वर्षसम्म फल दिइरहने र मसला र औषधिका रुपमा प्रयोग हुने भएकाले यहाँका कृषकहरूले टिमुर खेती गर्न थालेका हुन् ।

गत आ.व.मा मात्रै ती जिल्लाका कृषकहरूले टिमुर बेचेर ३ करोड ३२ लाख रुपैया आम्दानी गरेका छन् । गत वर्ष १ सय ४८ टन टिमुर उत्पादन भएको कृषि वस्तु विकास आयोजनाले जनाएको छ । गत आ.व.मा १३.४७ टन टिमुर फ्रान्स÷जर्मनी र ९७.६ टन नेपाल÷भारतमा खपत हुने गरेको छ । स्थानीय बजारमा टिमुर प्रति केजी ४ सय रुपैयामा बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *