नेपाली पर्यटनले इन्डोनेशियाबाट सिक्नैपर्ने पाठ

Post Date : September 15, 2016 | 5:32 pm

जकार्ता (इन्डोनेशिया), ३० भदौ । सत्र हजार बढी सामुद्रीक टापुको देश इण्डोनेशिया विश्व पर्यटनको आकर्षक गन्तब्य मानिन्छ ।

प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण इण्डोनेशियाको अर्को बलियो पहिचान भनेको यहाँको आतिथ्य सत्कार हो, जुन पर्यटक लोभ्याउने एउटा महत्वपूर्ण आधार बनेको छ ।

दक्षिण पूर्वी एसियाको पर्यटकीय गन्तव्यका रुपमा स्थापित इन्डोनेसियाले पर्यटकलाई आकर्षित गर्न आफ्नो परम्परागत कला र संस्कृतिको अनुपम उपहार पस्केर मोहित बनाएको पाईयो । सयौं थरीका आदिवासी जनजातिको बासस्थल रहेको इन्डोनेशिया सामुद्रीक टापु, भल्कानो, कोमोडो, विशाल जङगल, हात्तीको बासस्थान आदिले परिचित छ ।

आधारभूत भौतिक पूर्वाधार तथा वातावरणमैत्री संरचनामा उदाहरणीय इन्डोनेसियाले पछिल्लो समय वातावरणमैत्री पर्यटनको विकास तथा नयाँ पर्यटकीय गन्तव्यका रुपमा थप समुद्री टापुको प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको छ । चर्चित, बाली, सुमात्रा, जाकर्ता आदि पर्यटनका लागि आकर्षक गन्तव्य हुन् ।

OG8f]g]l;ofsf] ko{6g OG8f]g]lzofsf] hsftf{l:yt ldgL OG8f]g]lzofsf] cfO{; Nof08 ;x/ . hxfF ljZje/sf nfvf}F ko{6s 3'Dg hfG5g . tl:a/ M l;aL clwsf/L, /f;;

अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको पर्यटनलाई तीब्रता दिन लागिपरेको इण्डोनेशियाका पर्यटनमन्त्री आरिफ यायाले बताउनुभयो ।

अन्य टापुलाई नयाँ गन्तब्यको रुपमा विकास प्रवद्र्धनार्थ योजनावद्ध कार्यक्रम अगाडी बढाईएको उहाँले उल्लेख गर्नुभयो ।

इण्डोनेशियाले हालै नेपालसहित १६९ मुलुकलाई अनएराइभल भिसा सुरु गरेको छ, जसले २० प्रतिशत पर्यटन आगमन बढेकोे सरकारी भनाई छ । जकार्तास्थित होटल सान्तिकाका बजार व्यवस्थापक एन्ड्री सुजिरोटो (Andrey Sugiarto) ले पाहुनाको आतिथ्य सत्कार र विविध परिकारका खानाका स्वाद पनि पर्यटक आकर्षणको आधार भएको बताउनुहुन्छ ।

औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० को संस्थापक सदस्य इण्डोनेशियाको प्रतिव्यक्ति आय ९सन् २०१३ अनुसार० तीन हजार ४७५ अमेरिकी डलर छ । उत्पादनमूलक उद्योग धेरै छन् । इन्डोनेशियाको राष्ट्रिय स्रोत पेट्रोलियम पदार्थ, प्राकृतिक ज्ञास, टीन, टिम्बर, सुन, चाँदी तथा कृषि हो ।

इण्डियन ओसन र प्यासिफिक ओसनको बिचमा पर्ने इन्डोनेशियाको क्षेत्रफल १९ लाख १९ हजार ३१७ मिलोमिटर स्क्वायर छ । यहाँ करिब २५ करोड १० लाख जनसंख्या रहेको छ ।

विश्वमै सबैभन्दा बढी मुसलमान भएको देश इन्डोनेशियामा ८० प्रतिशत भन्दा बढी मुस्लिम र बाँकी हिन्दु र बुद्धिष्ट छन् ।

OG8f]g]l;ofsf] ko{6g OG8f]g]lzofsf] /fhwfgL hsftf{l:yt k'/fgf] ;x/ ldgL OG8f]g]lzofdf kfx'gfnfO{ k/Dk/fut j]ze"iff / klx/gdf :jfut ub}{ :yfgLojf;L . tl:a/ M l;aL clwsf/L, /f;;

वातावरणमैत्री पर्यटनमा जोड

व्यवस्थित सहर, सफा र चिल्ला सडकमा हरियाली कायम गरेको इन्डोनेशियाको अर्को आकर्षण हरियाली र वातावरणमत्रै पर्यटकीय पूर्वाधार हो । यहाँको पूर्वाधार र हरियालीले जोकोहीलाई लोभ्याउछ । इन्डोनेशिया पर्यटन मन्त्रालयको विवरण अनुसार सन् २०१५ मा एक करोड ४० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०१६ मा एक करोड २० लाख पर्यटक पु¥याउने लक्ष्य छ ।

कम स्रोत साधनबाट पनि इन्डोनेशियाको पर्यटन प्रगतिबाट नेपाली पर्यटनले सिक्नै पर्ने कुरा भनेको पर्यटनमैत्री पूर्वाधार र वातावरणमैत्री संरचना हो । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च सिखरसहितका आकर्षक हिमश्रङ्खला, दूर्लभ वन्यजन्तु, संरक्षित क्षेत्र आदिको अदित्तीय आकर्षणले नेपाल विश्वकै चर्चित पर्यटकीय गन्तब्य हो । पर्यटकीय संभावना प्रचुर रहेपनि आवश्यक प्रगति गर्न नसकेको यथार्थ पनि हो ।

नेपाल र इन्डोनेशियाको प्राकृतिक सुन्दरता, गौगोलिक विविधता, सांस्कृतिक रहनसहन तथा आतिथ्य संस्कार मिल्दोजुल्दो पाइन्छ, पाहुनालाई गर्ने व्यवहार उस्तैछ । यसबाट नेपाली पर्यटनले लाभ पाउने प्रसस्त आधार छन् । नेपाल र इन्डोनेशियाबीच सिधा हवाई सञ्जाल विस्तार गर्नसकेको खण्डमा इन्डोनेशिया आउने अन्य मुलुकका पर्यटक नेपाल आउन सहज हुने नेपाल वायु सेवा निगमका संस्थागत निर्देशक रामहरि शर्मा बताउनुहुन्छ ।

“दुई देशबीचको प्रकृति र संस्कृति मिल्दो जुल्दो छ, जसले एक अर्का देशको पर्यटनमा टेवा पुग्ने देखिन्छ, यसका लागि सिधा हवाई सेवा सुरु गर्न जरुरी छ,”–उहाँले भन्नुभयो ।

निर्देशक शर्माले इण्डोनेशियाका ट्राभल तथा होटल व्यवसायीले पर्यटनमा कसरी प्रगती गरेका छन् भन्ने पाठ नेपाली पर्यटन व्यवसायीले सिक्न सकेको खण्डमा नेपाललाई फाइदा पुग्ने उल्लेख गर्नुभयो ।

त्यसोत, पाहुनाको आतिथ्य सत्कार र स्वागतका लागि विश्वकै उत्कृष्ट मानिन्छ, तर यहाँको पूर्वाधार पर्यटनमैत्री नहुनु तथा पर्यटकमैत्री सेवाको गुणस्तर कायम हुन नसक्दा पर्यटनले फड्को मार्न सकेको छैन ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा पनि संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा अन्य मुलुकका पर्यटकलाई निःशुल्क प्रवेशाज्ञा दिने इन्डोनेशियाको नीतिलाई नेपालले पनि अनुसरण गर्नसके पर्यटनले पर्यटन आगमन बढ्ने बताउनुहुन्छ ।

‘इन्डोनेशियाका चाडपर्व पर्यटनमैत्री छन् तर यति धेरै संस्कृति र चाडपर्व भएको मुलुक नेपालमा पर्यटनमैत्री बनाउन सकिएको छैन’ यसले पनि पर्यटनमा अपेक्षित प्रगति हुन नसेको भन्दै उहाँको पर्यटकमैत्री पूर्वाधार र हवाई सञ्जाल विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरका कार्यकारी अधिकृत सुरेशसिंह बुडालले आधारभूत पर्यटकीय पूर्वाधार, उच्चस्तरीय पर्यटकीय सुविधा नभएसम्म पर्यटन नफस्टाउने भन्दै यसका लागि सरकारले वातावरणमैत्री पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो ।

अबको पुस्ताको झुकाव भनेको वातावरणमैत्री पर्यटन हो भन्दै उहाँले पर्यटकलाई प्रवेशाज्ञामा सहुलियत दिई नेपालको आकर्षक गन्तब्यको थप प्रवद्र्धन गरिनुपर्ने खाँचो औंल्याउनुभयो ।

OG8f]g]l;ofsf] ko{6g OG8f]g]lzofsf] /fhwfgL hsftf{l:yt k'/fgf] ;x/ ldgL OG8f]g]lzofdf kfx'gfnfO{ k/Dk/fut j]ze"iff / klx/gdf :jfut ub}{ :yfgLojf;L . tl:a/ M l;aL clwsf/L, /f;;

पाटाको अवसर

इन्डोनेशियाको राजधानी जकार्तामा यही २२ देखि २४ सम्म आयोजना भएको पाटा ट्राभल मार्ट २०१६ आ–आफ्ना मुलुकका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर थियो ।

पाटाको यो जमघटले एकअर्काबीचको पर्यटकीय सेवामा गुणस्तरीयता कायम गर्न र नयाँ पन सिक्न व्यवसायी सफल भए । यसबाट अन्य देशको पर्यटन प्रवद्र्धनमा अपनाईएको अवधारणालाई नेपाली पर्यटन व्यवसायीले सिक्ने अवसर पाएको सहभागी व्यवसायी इश्वरी न्यौपानेले बताउनुभयो ।

मार्टको ३९औँ संस्करणमा नेपालसहित ६३ वटा मुलुकबाट एक हजार २८४ प्रतिनिधिको सहभागिता थियो । नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त नेतृत्वमा नेपालबाट नेपाल वायुसेवा निगमसहित १० कम्पनी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *