नेपाल आयल निगम ऋण मुक्त हुँदै

Post Date : July 30, 2016 | 6:22 pm

काठमाडौं, १५ साउन । नेपाल आयल निगम ऋणबाट मुक्त हुँदै छ । आ.व. २०७२/७३ को नाफाबाट बाँकी रहेको १७ अर्ब रुपैया तिरेपछि ऋण मुक्त हुने योजना आयल निगमले बताएको छ । २०५९ सालसम्म आयल निगमले निकै नाफा कमाइरहेको थियो । आ.व. २०६०/६१ मा ८९ करोड ८१ लाख रुपैया नोक्सान आयल निगमले व्यहोर्नु परयो । सरकारले इन्धन मूल्या बढाउँदा विरोध हुने र चुनावी परिणामलाई असर गर्ने भएकोले मूल्य बढाउन दिएनन् । भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार मूल्य समायोजन नगरेका कारण निगम ऋण डुब्दै गयो । निगमको सञ्चित नोक्सान ३५ अर्ब रुपैयासम्म पुग्यो । निगमले नेपाल सरकारबाट १२ अर्ब ६४ करोड १० लाख रुपैया, नागरिक लगानी कोषबाट ९ अर्ब ३८ करोड ६० लाख रुपैया र कर्मचारी सञ्चय कोषबाट १२ अर्ब ६० करोड रुपैया ऋण लिएको थियो ।

यसबाहेक निगमले नबिल बैंक, एभरेष्ट बैंक र बैंक अफ काठमाण्डूसँग ऋण थिएको थियो ।

नेपाल आयल निगम २०७३ सालसम्म ऋण मुक्त हुँदैछ । अवस्था यस्तै रही रह्यो र मूल्य समायोजन गरिएन भने नाफा उच्च हुने देखिएको छ । निगमले आउँदा दिनहरूमा इन्धन चुहावट नियन्त्रण, क्यालिब्रेसन, तापक्रम, प्राविधिक र कार्यगत नोक्सानीलाई घटाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *