नेपाल इन्भेष्टमेण्ट बैंकले बोनस शेयर र नगद लाभांश दिने

Post Date : August 23, 2016 | 6:06 pm

काठमाडौं, ७ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंकको सोमबार सम्पन्न ४६२ औं सञ्चालक समितिले गत आ.व.को खुद मुनाफा २ अर्ब ५५ करोड ८ लाख ६४ हजार रुपैयाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृति दिएपछि कार्यान्वयनमा आउने छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ७० करोड ६६ लाख १२ हजार रुपैया हुनेछ ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र चुक्ता पूँजी ८ अर्ब रुपैया पुरयाउन दिएको निर्देशन सो अगावै पुरयाउने र निजी क्षेत्रको चुक्ता पूँजी पुरयाउने पहिलो बैंक बन्नेछ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ खर्ब ८ अर्ब ६२ करोड ६६ लाख ४२ हजार रुपैया निक्षेप गरी ८७ अर्ब ९७ लाख ९२ हजार रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रीय कर्जा अनुपात ०.६८ प्रतिशत रहेको छ ।

बैंकले ४६ वटा शाखा, ४७ शाखारहित बैंकिङ्ग सेवा र ८२ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *