नेपाल इन्भेष्टमेन्ट बैंकको खुद मुनाफा २ अर्ब ३७ करोड रुपैयाँ

Post Date : May 3, 2017 | 3:41 pm

काठमाडौँ, २० वैशाख । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १ खर्ब १९ अर्ब ८१ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन र १ खर्ब १ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा ०.६४ प्रतिशत र कर्जा निक्षेप अनुपात ६९.१७ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ७४ करोड ६९ लाख १३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ अर्ब ९५ करोड ८८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *