नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा मंगलसेन र दिपायलमा

Post Date : June 16, 2017 | 12:31 pm

काठमाडौँ, २ असार । नेपाल इन्भेष्टमेन्ट बैंकले अछाम जिल्लाको मंगलसेन र डोटी जिल्लाको दिपायलमा शाखा स्थापना गरेको छ । त्यस्तै बैंकले दैलेख जिल्लाको डाबमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । यी दुई शाखासहित बैंकको शाखा संख्या ४९ पुगेको छ ।

बैंकले सक्षम–एक्सेस टु फाइनान्सको सहयोगमा दिपायलको पिपल्लाबजार र मंगलसेनको क्याम्पस चौरमा शाखा स्थापना गरेको हो ।

बैंकले हाल १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन र १ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी चालु आ.व.को तेस्रो त्रैमासिकसम्म २ अर्ब ३७ करोड रुपैयाँ मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *