नेपाल इन्भेष्टमेन्ट बैंकको तीन शाखा विस्तार

Post Date : February 27, 2018 | 7:56 pm

काठमाडौँ, १५ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन तीनवटा शाखा विस्तार गरेको छ ।

पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । यीसँगै अब बैंकको शाखा संख्या ६६ वटा पुगेको छ ।

ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

रु १० अर्ब ६२ करोड चुक्तापूँजी रहेको सो बैंकको निक्षेप रु एक खर्ब ३० अर्ब तथा कूल कर्जा लगानी रु एक खर्ब १४ अर्ब रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *