नेपाल इन्भेष्टमेन्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

Post Date : September 27, 2016 | 8:56 pm

काठमाडौं, ११ असोज । नेपाल इन्भेष्टमेन्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले २० प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । बोनस शेयर वितरणपछि नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र ८ अर्ब रुपैया पुरयाउन तोकेको अवधि अगाडि नै बैंकको चुक्ता पूँजी ८ अर्ब ७१ करोड रुपैया पुगेको छ । नेपाल राष्ट्र बैंकले चुक्ता पूँजी पुरयाउन दिएको समय अगाडि नै नेपाल इन्भेष्टमेन्ट बैंकले पुरयाई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बनेको छ ।

साधारण सभाबाट बैंकको संचालकमा भुवनेश्वर प्रसाद शाह र निराजनमान श्रेष्ठ चुनिएको र राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धन समूहको प्रतिनिधित्व गर्दै संचालकमा विनोद कुमार गुरागाई नियुक्त हुनु भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकको गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तमा निक्षेप संकलन १९.८३ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ६२ करोड ६६ लाख रुपैया पुगेको छ भने कर्जा प्रवाह २८.५४ प्रतिशतले बढेर ८७ अर्ब ९७ लाख रुपैया पुगेको छ । समीक्षा अवधिमा बैंकले खराब कर्जा हिस्सा समेत घटाएर ०.६८ प्रतिशतमा झारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *