नेपाल इन्भेष्टमेन्ट बैंकलाई पाँचौ पटक ‘बैंक अफ द इयर–२०१६’

Post Date : December 9, 2016 | 1:32 pm

काठमाडौँ, २४ मङ्सिर । नेपाल इन्भेष्टमेन्ट बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘बैंक अफ द इयर–२०१६’ पुरस्कार पाएको छ । बैंक अफ द इयर पुरस्कार पाँचौ पटक प्राप्त गर्ने नेपालको पहिलो बैंक हो । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले लण्डनमा आयोजित कार्यक्रममा पुरस्कार ग्रहण गर्नु भएको थियो ।

बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १४ करोड रुपैयाँ संचालन मुनाफा गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ७१ करोड रुपैंया रहेको छ । त्यस्तै कुल पूँजी १६ अर्ब ३० करोड रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्ट बैंक निजी बैंक मध्ये सर्वाधिक पूँजी भएको बैंक बनेको छ ।

बैंकको ७ लाख ५० हजार भन्दा बढी ग्राहक, ४८ शाखा, ८३ एटिएम र ५ लाख ५० हजार भन्दा बढी डेबिट कार्ड प्रयोगकर्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *