नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

Post Date : April 8, 2017 | 5:13 pm

काठमाडौँ, २६ चैत । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । एस डेभलपमेन्ट बैंकलाई १ बराबर ०.४१ को शेयर स्वाप रेसियोमा खरिद गर्ने निर्णय भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँमा एस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ थप भई ९ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकको कुल निक्षेप १ खर्ब ३४ अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह १ खर्ब ५ अर्ब रुपैयाँ हुनेछ ।

हाल इन्भेष्टमेन्ट बैंकको ४७ वटा शाखा र ८४ वटा एटिएममा एस डेभलपमेन्ट बैंकको १२ वटा शाखा र १२ वटा एटिएम थप हुनेछ । दुवै बैंकको शाखा र एटिएमलाई अहिले यथावत स्थानमा नै राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *