नेपाल इन्स्योरेन्सका कर्मचारी आन्दोलित

Post Date : May 24, 2016 | 7:08 am

काठमाडौँ, १० जेठ । संस्थागत सुदृढीकरणको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीमाथि व्यवस्थापनले अभद्र ब्यावहार गरेको भन्दै उनीहरुले विरोध गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृतले आन्दोलनरत कर्मचारीमाथि उजुरी दिएपछि कर्मचारी र व्यवस्थापनबीच विवाद बढेको हो । कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कर्मचारी आन्दोलन दबाउन खोजेको इन्स्योरेन्स कम्पनी कर्मचारी सङ्घले जनाएको छ ।

सङ्घका सचिव हंशमान डङ्गोलले कम्पनीको आर्थिक अवस्था सिथिल भएको, आव २०७१/७२ को समयमा लेखा परीक्षण र साधारणसभा हुन नसकेको कर्मचारी आन्दोलित भइराखेका अवस्थामा नेपाल बैंकको सम्पूर्ण बहुमत सेयर बिक्री गरेर कम्पनीलाई निजीकरणको प्रक्रियाका लागि आफू अनुकूल खरिदको वातावरण बनाएको लगायतका आरोप लगाउनुभयो ।

नेपाल बैंक लिमिटेडको प्रमुख लगानी र सक्रियतामा स्थापित कम्पनीमा बैंकको बहुमत सेयर छ ।

कम्पनीका मानव संशाधन प्रमुख टेकराज पौडेलले जनताको नैसर्गिक अधिकार कुन्ठित नहुने गरी आन्दोलन गर्नु प्रजातान्त्रिक अधिकार भएको बताउँदै त्यसतर्फ कर्मचारीको ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले नियमअनुसार कर्मचारीले उठाएका मागलाई व्यवस्थापनले उच्च सम्मानका साथ सम्बोधन गर्ने स्पष्ट गर्दै वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *