नेपाल एसबिआई बैंकका दुई नयाँ सेवा

Post Date : December 23, 2016 | 2:36 pm

काठमाडौँ, ८ पुस । नेपाल एसबिआई बैंकले पेमेन्ट गेटवे फेज–दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ (पस टर्मिनल) सेवा शुभारम्भ गरेको छ ।

उक्त सेवाको उद्घाटन नेपालका लागि भारतीय राजदूत रञ्जित रे र स्टेट बैंक अफ इण्डिया, अन्तराष्ट्रिय बैंकिङ्ग विभागका नायब प्रबन्ध निर्देशक सिध्दार्थ सेन गुप्ताले शुभारम्भ गर्नु भएको बैंकले जनाएको छ ।

पेमेन्ट गेटवे फेज–दुई अन्तरर्गत भारतमा रहेका नेपालीले तत्काल नेपालमा पैसा पठाउन सक्नेछन् । त्यसै गरी नयाँ सेवा मर्चेन्ट एक्वायरिङ्ग सेवाले सुरक्षित रुपमा बैंकिङ्ग कारोबार गर्न सहयोग गर्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *