नेपाल एसबिआई बैंकको दरबारमार्गमा “इन–टच आउटलेट”

Post Date : July 10, 2017 | 3:00 pm

काठमाडौँ, २६ असार । नेपाल एसबिआई बैंकले काठमाडौँको दरबारमार्गमा “इन–टच आउटलेट” संचालनमा ल्याएको छ । उक्त आउटलेटको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र स्टेट बैंक अफ इण्डियाका अध्यक्ष अरुनधती भट्टाचार्य र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा गर्नु भएको थियो ।

यसैगरी बैंकले काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ३ स्थित जहरसिंहपौवा गाउँमा डिजिटल भिलेजको शुरुवात गरेको जनाएको छ । यसका लागि बैंकले एटिएम तथा क्यास रिसाइक्लर मेसिन, इन्टरनेट बैंकिङ कियोस्क, पिओएस मेसिन र निःशुल्क उच्च गतिको इन्टरनेट सेवा प्रदान गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *