नेपाल एसबिआई बैंकको १ अर्ब १० करोड रुपैयाँ नाफा

Post Date : May 7, 2017 | 4:16 pm

काठमाडौँ, २४ वैशाख । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ८५ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र ६१ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब १० करोड ७७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा ०.१२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७२.०९ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ११ कोड ८ लाख १० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *