नेपाल एसबिआई बैंकले इक्रा रेटिङमा “इक्रा आरआर–एए” पाए

Post Date : July 31, 2016 | 10:51 am

काठमाडौं, १६ साउन । नेपाल एसबिआई बैंकले इक्रा रेटिङमा “इक्रा आरआर–एए” पाएको छ । इक्रा नेपालले गरेको रेटिङमा डब्बल ए पाउनुले बैंकको वित्तीय अवस्था धेरै राम्रो भएको संकेत गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । नेपाल एसबिआई बैंकको २० करोड रुपैयाको बण्ड तथा डिबेञ्चरलाई इक्रा नेपालले डब्बल ए रेटिङ दिएको हो । इक्रा नेपालले गरेको मूल्याङ्कनमा नेपालमा पहिलो पटक नेपाल एसबिआई बैंकले डब्बल ए तहको रेटिङ पाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *