नेपाल एसबिआई बैंकले चालिस प्रतिशत हकप्रद शेयर जारी गर्ने

Post Date : November 30, 2016 | 1:56 pm

काठमाडौँ, १५ मङ्सिर । नेपाल एसबिआई बैंकले १० कित्ता शेयर बराबर ४ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले २२ औँ साधारण सभाले तय गरेको अधिकतम सीमा तथा संचालक समितिलाई प्रत्यायोजन गरेको अख्तियारीभित्र रही १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय ६० रुपैयाँ बराबर हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । हाल निष्काशनको क्रममा रहेको ६७ हजार ७ सय ६७ दशमलब ८७ शेयरको थप निष्काशनको बाँडफाँड योग्य कोषमध्येबाट वितरण हुने गरी यसअघि नै आगामी साधारण सभा समक्ष प्रस्तावित गरिसकेको २ प्रतिशत बोनस शेयर जारी पछि कायम हुने चुक्ता पूँजीलाई आधार मानी समितिले उक्त हकप्रद शेयरको अनुपात निर्धारण गरेको हो ।

२०७२ माघ २५ गते सम्पन्न बैंकको साधारण सभाले निर्धारण गरेको हकप्रद निष्काशन अधिकतम सीमा २ अर्ब ६० करोड रुपैयाँ तथा सोही साधारण सभाले सोही संचालक समितिलाई प्रत्यायोजन गरेको अख्तियारीभित्र रही संचालक समितिले उक्त हकप्रद शेयर निष्काशनको रकम तथा अनुपात तय गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै बैंकको चुक्ता पूँजी ८ अर्ब पुरयाउने गरी गर्त वर्ष बैंकले तर्जुमा गरेको पूँजी योजना कार्यान्वयनको क्रममा बैंकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *