नेपाल एसबिआई बैंकले २८% बोनस शेयर दिने

Post Date : October 4, 2016 | 1:02 pm

काठमाडौं, १८ असोज । नेपाल एसबिआई बैंक, संचालक समितिको ३९८ औं बैठकले शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकले गत आ.व. २०७२/७३ मा १ अर्ब ३३ करोड १९ लाख रुपैया खुद मुनाफा गरेको मध्येबाट बोनस शेयर वितरण गर्ने प्रस्ताव आगामी २३ औं साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

बैंकले गत आ.व.मा ६५ अर्ब ११ करोड ३३ लाख रुपैया निक्षेप संकलन गरी ४६ अर्ब ९९ करोड ५४ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पूँजी भने ३ अर्ब ८८ करोड ३७ लाख रुपैया रहेको छ ।

बैंकले हाल ७३ वटा व्यावसायिक इकाई (३ वटा क्षेत्रीय कर्यालयसहित) र ६ सय ७८ कर्मचारीमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको हाल देशका विभिन्न स्थानमा ८६ वटा एटिएम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *