नेपाल एसबिआई बैंक र सिजी फिन्कोबीच सम्झौता

Post Date : March 28, 2017 | 11:14 am

काठमाडौँ, १५ चैत । नेपाल एसबिआई बैंक र सिजी फिन्कोबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर र सिजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गर्नु भएको छ ।

सिजी फिन्को नेपाल अधिराज्यका लागि वेष्टर्न युनियन मनी ट्रान्सफरको प्रमुख एजेन्ट हो । सम्झौतापछि विदेशबाट नेपालीले पठाएको रकम बैंकका ६० वटा शाखाबाट भुक्तानी लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *