नेपाल एसबीआई बैंक र पोखरा उमपाबीच फेवातालको सरसफाई सम्बन्धी सम्झौता

Post Date : September 6, 2016 | 3:40 pm

काठमाडौं, २१ भदौ । नेपाल एसबीआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच विश्व प्रसिद्ध पर्यटन गन्तव्यका रूपमा परिचित पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका नायब कार्यकारी अधिकृत एवम् प्रमुख सञ्चालन अधिकृत विजय कुमार त्यागी र पोखरा उपमहमानरगपालिका कार्यालयका निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतामा उल्लेख भए अनुसार बैंकले फेवाताल किनारा (बाराहीघाटदेखि गैह्राको चौतारासम्म) मा हाल निर्माण भएको कुल ट्र्याकमध्ये १०० देखि २०० मिटर वरिपरि अधिकतम १५ वटा विश्रामस्थल र अवलोकन सेड निर्माण गर्ने वरिपरि आकर्षक बगैंचा तयार गर्ने र हरियालीको विकास गर्ने कार्य जनाएको छ ।

बैंकले ५ बर्षसम्म मर्मत संभार गर्नेछ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्य गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *