नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शाखा रुपन्देहीमा

Post Date : May 5, 2016 | 10:30 am

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले रुपन्देहीको मणिग्राममा शाखा विस्तार गरेको छ । बैंकले शंकरनगरमा पनि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंक संचालक समितिका अध्यक्ष पशुपति घिमिरेले शाखा कार्यालय र एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नु भएको थियो ।

बैंकको चुक्ता पूँजी १० करोड ९५ लाख रुपैया रहेको छ भने चैत मसान्तसम्म निक्षेप १ अर्ब १५ करोड र कर्जा प्रवाह ९३ करोड रुपैया रहेको छ । बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको अन्तिम चरणमा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *