नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक मर्जर नहुने

Post Date : July 16, 2016 | 11:16 am

काठमाडौं, १ साउन । नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा कुमारी बैंक मर्जर नहुने भएको छ । कुमारी बैंकका् विशेष साधारण सभाले मर्जरमा नजाने निर्णय गरेको हो । विशेष साधारण सभामा उपस्थित ५० प्रतिशतभन्दा बढी शेयरधनीले मर्जरको विषयमा मतदान गरेपछि कुमारी बैंक मर्जर प्रक्रियाबाट बाहिरिएको हो । २६ प्रतिशत शेयरधनीले मर्जरका विषयमा मतदान गरेमा मर्जर प्रक्रिया रोकिने व्यवस्था छ ।

संचालक समितिभित्र मर्जरमा जानु पर्छ भन्ने समूह बलियो छ । तर विशेष साधारण सभाले अनुमति नदिएपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकस्थित इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकसँग कुमारी बैंक मर्ज हुन लागेका थिए । तर कुमारी बैंक बाहेक अन्य ५ बैंकले भने विशेष साधारण सभाबाट मर्जर जाने निर्णय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *