नेपाल क्लियरिङ हाउसले थप सेवा शुरु गर्यो

Post Date : September 14, 2016 | 1:40 pm

काठमाडाैं, २९ भदौ । नेपाल क्लियरिङ हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा भुक्तानी लिने (डाईरेक्ट डेबिट) लगायतका इन्स्योरेन्स शुल्क भुक्तानी, किस्ता शुल्क भुक्तानी र क्रेडिट कार्ड शुल्क भुक्तानी समेतलाई समावेश गरेको छ ।

ग्राहकले यी सेवा लिएबापत आफ्नो खाताबाट सेवा प्रदायक कम्पनी (बैंक र बिमा कम्पनी आदि) को कुनै पनि खातामा आफ्नो बैंक खाताबाट सिधै भुक्तानी दिने, सेवा प्रदायक कम्पनीले आपसी सहमतिमा ग्राहकहरुको कुनै पनि खाताबाट सोझै भुक्तानी लिन मिल्ने जस्ता दुवै प्रकृतिका कारोवार गर्न सक्नेछन् । यसका ग्राहकले कम्पनीलाई भुक्तानी लिन सक्ने अग्रिम मञ्जुरी दिएको हुनु पर्नेछ ।

यसअघि क्लियरिङ हाउसले रकम ट्रान्सफर, ट्रेजरी भुक्तानी, सरकारी भुक्तानी, लाभांश भुक्तानी आइपिओ रिफण्ड, रेमिट्यान्स भुक्तानी र तलब भुक्तानी जस्ता सेवा सञ्चालन गर्दै आएको थियो ।

हालसम्म यो प्रणालीमा ६२ बैंक तथा वित्तीय संस्था डाइरेक्ट मेम्बरको रुपमा र ३ रेमिट कम्पनी डाइरेक्ट मेम्बरको रुपमा र ३ रेमिट कम्पनी इनडाइरेक्ट मेम्बरको रुपमा आवद्ध छन् ।

ग्राहकले कुनै पनि मेम्बर मार्फत उक्त सेवा प्राप्त गर्न सक्ने विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *