नेपाल ग्यासको बिक्री चितवन र नवलपरासीबाट पनि

Post Date : June 16, 2017 | 1:12 pm

चितवन, २ असार । उपत्यकामा राम्रो बजार पाएको नेपाल ग्यास उद्योग प्रालिले चितवन र नवलपरासीमा पनि बिक्री शुभारम्भ गरेको छ ।

उपभोक्ताको मागअनुसार चितवन र नवलपरासीमा एकसाथ बिक्री शुभारम्भ गरेको नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिनुभयो । चितवनमा उन्नयन सप्लायर्स र नवलपरासीमा मध्यबिन्दु ट्रेडिङलाई आधिकारिक विक्रेता नियुक्त गरेर बजार विस्तार गरेको उहाँले बताउनुभयो ।

एक समारोहका बीच बिहीबार साँझ उद्योगका सञ्चालक गुणचन्द्र विष्टले औपचारिक बिक्री कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नेपाल ग्यासले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्नसमेत पाएको सो अवसरमा जानकारी दिइएको थियो ।

नेपाल ग्यास एक्वायर गरेपछि सुरक्षित ग्याससँगै बजार विस्तार गर्न चाहिरहेको सो अवसरमा जानकारी दिइयो । काठमाडाँैको बालाजु र बाराको सिमरामा ग्यास उद्योग रहेका छन् । अहिले बजारमा नेपाल ग्यासको मात्रै आठ लाख सिलिन्डर चलनचल्तीमा छन् ।

सो अवसरमा नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्यासका कारण काठमाडौँमा पहिलो रोजाइमा परेको नेपाल ग्यास चितवन र नवलपरासीमा पनि लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल ग्यासको ८७ टनको क्षमता ११ गुणा वृद्धि गरेर हजार टन पु¥याउने कार्य अन्तिम चरणमा पुगेको सञ्चालक विष्टले बताउनुभयो । उहाँले नेपाल ग्यास सेमी अटोमेसनबाट पूर्ण अटोमेसनमा लगेर दैनिक ३५ हजार सिलिन्डर भरेर बजारमा बिक्री गरेको पनि बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *