नेपाल टेलिकमको रिचार्जमा आएको समस्या समाधान

Post Date : August 7, 2016 | 4:46 pm

काठमाडौं, २३ साउन । नेपाल टेलिकमको NT Recharge System Upgrade गर्ने क्रममा NT Recharge Card मार्फत हुने रिचार्ज (*412*Pin Code# / 1412 IVR) मा २०७३ साउन २२ गतेदेखि विशेष प्राविधिक समस्या उत्पन्न भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । उक्त कोडहरुबाट Recharge हुन नसकी ग्राहक बर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमाप्रार्थी भएको कुरा उल्लेख गरिएको छ ।

आज २०७३ साउन २३ गते दिउँसो करिब ३ बजेबाट उक्त Recharge System मा आएको समस्या समाधान भएको कुरा समेत जानकारी गराएको छ । साथै भविष्यमा यस प्रकारको समस्या दोहोरिन नदिन कम्पनीले प्रतिवद्धता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *