नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा GSM मोबाइलको 3G सेवा सञ्चालनमा ल्यायो

Post Date : October 6, 2016 | 6:52 pm

काठमाडौं, २० असोज । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा GSM प्रविधिको 3G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा 3G सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा हिजो (२०७३ असोज १९ गते) र सिमिकोटमा आज (२०७३ असोज २० गते) यो सेवा सञ्चालन आरम्भ गरेको हो ।

नेपाल टेलिकमले GSM मोवाइलमा 3G सेवा वि. सं. २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको 3G सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो ।

3G सेवा मार्फत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ ।

त्यसैगरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ ।

नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत रु. ४०।– मा ५०० एमबी र रु. ८५।– मा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि Special500MB वा Special1200MB लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा SMS पठाउनु पर्छ ।

त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।

यो प्याकेज लिन जीएसएम वा सीडीएमए प्रिपेडका लागि Data100MB वा Data250MB लेखेर १४१५ र पोष्टपेडका लागि १४०० मा SMS पठाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *