नेपाल टेलिकमले GSM/CDMA प्रिपेडका ग्राहकहरुलाई Balance नहुँदा Call गर्न Loan रकम उपलब्ध गराउने

Post Date : March 29, 2017 | 3:13 pm

काठमाडौँ, १६ चैत । नेपाल टेलिकमले GSM तथा CDMA प्रिपेड सेवाका सेवाग्राहीहरुलाई Balance नहँुदा Call गर्न Loan रकम उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धमा नेपाल टेलिकम र हङ्गकङ्गस्थित Tiaxa को लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.लि. बीच यही चैत्र ६ गते सम्झौता सम्पन्न भएको छ । यसअनुसार उपभोक्ताले कम्पनीको जिएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको Balance मा Loan रकम उपलब्ध हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.लि.को तर्फबाट सो प्रा.लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको थियो ।

कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै Balance सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले Airtime Credit को सुविधा ल्याइएको हो । यो सुविधा प्रयोग गरे वापत थप कुनै Charge वा ब्याज नलिई उपभोक्तालाई Loan रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने Balance बाट कट्टा हुनेछ । उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने देखिन्छ । यसबाट मोबाइलमा Balance सकिएको अवसथामा पनि आफन्तजनसँग कुराकानी गर्न सहज हुनेछ । सम्झौता अनुसार यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य रहेको कुरा प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *