नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्झौता

Post Date : December 20, 2016 | 4:11 pm

काठमाडौँ, ५ पुस । नेपाल टेलिकम र ओरिडु कतार (Ooredoo Qatar) बीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन् ।

गत मंसिर ३० गते (डिसेम्बर १५) कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र Ooredoo Qatar को तर्फबाट Acting CEO-OGS Mr. Khalid Al Mansouri ले हस्ताक्षर गर्नुभएको छ ।

आगामी जनवरीदेखि नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र Ooredoo Qatar बीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो ।

सो सम्झौताका अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी एवं Ooredoo Qatar का बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

ntc-n-qatar-contract-on-roadming2

Leave a Reply

Your email address will not be published. Required fields are marked *