नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले हकप्रद निष्काशन गर्न आवेदन

Post Date : March 23, 2017 | 11:22 am

काठमाडौँ, १० चैत । तीनवटा कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

सनराईज बैंकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले रु.१००।– अंकित दरका १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, गरिमा विकास बैंकले १० बराबर ७ को अनुपातमा रु.१००।– अंकित दरका ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी गुडविल फाइनान्स लिमिटेडले १० बराबर ६ को अनुपातमा रु.१००।– अंकित दरका २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *