नेपाल प्रहरीका सबै कर्मचारीको मासिक तलब बैंकबाट भुक्तानी हुने

Post Date : April 19, 2016 | 6:43 pm

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट नेपाल प्रहरीका सबै कर्मचारीको मासिक तलब भत्ता भुक्तानी हुने भएको छ । प्रहरी प्रधान कार्यालयले देशभर कार्यरत अधिकृत तथा जवानको तलब भत्ता लगायतका सुविधा यही महिनाबाट लागू हुने गरी सरकारी दुई बैंकबाट भुक्तानी हुने नयाँ व्यवस्था ल्याउन लागेको छ । यो खाता खोल्न कर्मचारीले पैसा राख्न पर्ने छैन । यो व्यवस्था आएपछि प्रहरी कर्मचारी जुन ठाउँमा सरुवा भएर गए पनि त्यही ठाउँको बैंकबाट कारोवार गर्न सक्छ । राष्ट्रिय वाणिज्य बैंकले १५९ शाखा र नेपाल बैंकले १२३ शाखाबाट देशभर बैंकिङ कारोवार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *