नेपाल बंगलादेश बैंकको कुश्मामा नयाँ शाखा

Post Date : January 31, 2017 | 12:55 pm

काठमाडौँ, १८ माघ । नेपाल बंगलादेश बैंकले पर्वतको कुश्मा बजारमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । यो बैंकको ४२ औं शाखा हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गर्नु भएको छ । त्यस्तै एटिएमको उद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले गर्नुभयो । बैंकले चालु आर्थिक बर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्म ४१ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन र ३६ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको ४२ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टर, ७ वटा शाखारहित घरदैलो बैंकिङ सेवा र ३९ वटा एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *