नेपाल बंगलादेश बैंकको तातोपानी शाखा बाह्रबिसेमा स्थानान्तरण

Post Date : April 25, 2017 | 1:17 pm

सिन्धुपाल्चोक, १२ वैशाख । नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोकको तातोपानी लिपिङ बजारमा रहेको शाखा बाह्रबिसे बजारमा स्थानान्तरण गरेको छ । महाभूकम्पका कारणले तातोपानी शाखा साबिक ठाउँमा संचालन गर्न कठिनाई भइरहेकोले स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

स्थानान्तरित शाखाको उद्घाटन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ र बैंकका संचालक अरुण श्रेष्ठ तथा दिपक कार्कीले संयुक्त रूपमा गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *