नेपाल बंगलादेश बैंकको लघु कर्जा

Post Date : January 13, 2017 | 4:10 pm

काठमाडौँ, २९ पुस । नेपाल बंगलादेश बैंकले विभिन्न जिल्ला सञ्चालित महिला समूह, महिला सहकारी र समूहमा आवद्ध विपन्न तथा न्यून आय भएका व्यक्ति र समुदायलाई लघु कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

लघु कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाईले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्षभित्र करिब ५० करोड रुपैयाँ लघु कर्जा प्रवाह गर्ने जनाएको छ ।

पहिलो चरणमा बैंकले दाङको घोराही, रुपन्देहीको भैरहवा, चितवनको नारायणगढ, धादिङको गल्छी, तेह्रथुमको सङ्क्रान्तिबजार र पाँचथरको फिदिमबाट लघु कर्जा शुरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *