नेपाल बंगलादेश बैंकको शाखा खजुरामा

Post Date : February 7, 2017 | 12:50 pm

काठमाडौँ, २५ माघ । नेपाल बंगलादेश बैंकले बाँके जिल्लाको बागेश्वरी गाविस वडा नं २ खजुरामा नयाँ शाखा संचालनमा ल्याएको छ । यो बैंकको ४३ औँ शाखा हो । उक्त शाखाको उद्घाटन बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र बैंकका संचालक अरुण श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ४१ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन र ३६ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको हाल खजुरा शाखासहित ४३ वटा शाखा, ३ वटा एक्सटेन्सन काउण्टर, ७ वटा शाखारहित घरदैलो बैंकिङ सेवा र ३१ वटा एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *