नेपाल बंगलादेश बैंकको ४५ औँ शाखा मित्रपार्कमा

Post Date : June 12, 2017 | 4:56 pm

काठमाडौँ, २९ जेठ । नेपाल बंगलादेश बैंकले काठमाडौँको मित्रपार्कमा ४५ औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष जलाल अहमदले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा काठमाडौँ च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टिकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भूतपूर्व डेपुटी गभर्नर डा. प्रफुल्ल कुमार काफ्ले तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाबारे आफ्नो धारणा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *