नेपाल बंगलादेश बैंकको ९,८८,१२०.८० कित्ता हकप्रद शेयर लिलाम बढाबढ

Post Date : June 20, 2017 | 1:58 pm

काठमाडौँ, ६ असार । नेपाल बंगलादेश बैंकले हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक शेयर १९,५११ कित्ता र सर्वसाधारण शेयर ९,६८,६०९.८० कित्ता गरी जम्मा ९,८८,१२०.८० कित्ता हकप्रद शेयरमा आवेदन नपरेकोले लिलाम बिक्री गर्ने भएको छ ।

हकप्रद शेयर खरिदका लागि मूल्य प्रति शेयर रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बैंकले २०७४ असार १४ गतेदेखि २०७४ असार २१ गते अपरान्ह ३ बजेभित्र पेश गरिसक्नु पर्ने जनाएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाडौँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *