नेपाल बंगलादेश बैंकले ३२ प्रतिशत बोनस शेयर दिने

Post Date : October 25, 2016 | 2:56 pm

काठमाडौं, ९ कात्तिक । नेपाल बंगलादेश बैंकको बाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.व. २०७२/७३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले बोनस शेयर वितरण नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पूँजी वृद्धिका लागि १० शेयर बराबर ८ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

बैंकले बोनस शेयर वितरण र त्यसपछि १०ः८ का दरले हकप्रद शेयर जारीपश्चात एनबी बैंकको जारी शेयर पूँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ५ सय रुपैया पुग्नेछ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३९ अर्ब ८७ करोड ४२ लाख रुपैया निक्षेप संकलन, ३२ अर्ब ५२ करोड ८३ लाख कर्जा प्रवाह गरी १ अर्ब १९ करोड ८२ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *