नेपाल बंगलादेश बैंक दाङमा

Post Date : June 20, 2016 | 12:20 pm

काठमाडौं । नेपाल बंगलादेश बैंकले दाङमा शाखा स्थापना गरेको छ । बैंकको यो २२औं शाखा हो । शाखाको उद्घाटन दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, बैंकका संचालक माधव प्रसाद न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गर्नु भएको छ । शाखाको उद्घाटनको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले बचत खातामा ५ लाख रुपैयासम्मको मृत्यु, दुर्घटना बीमा, ५ सय रुपैयामा बाल खाता, १ हजार रुपैयामा महिला कृषि बचत खाता, ३६५ दिने बैंकिङ्ग सेवा लगायतका सेवा दिंदै आइरहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *