नेपाल बैंकका तत्कालीन नायब महाप्रबन्धक थापासहित १५५ जना भ्रष्टाचारी ठहर

Post Date : December 14, 2016 | 11:33 am

काठमाडौँ, २९ मङ्सिर । सर्वोच्च अदालतले नेपाल बैंकका तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र आनन्दमोहन भट्टराईले सबै प्रतिवादीलाई दोषी ठहर गर्दै १६ वर्ष पुरानो मुद्दा किनारा लगाएको हो ।

नेपाल बैंकलाई डुबाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गर्दा चरम भ्रष्टाचार गरेको भन्दै तत्कालीन नायब महाप्रबन्धक थापासहित बैंकका तत्कालीन संचालक समिति सदस्यहरू र अन्य कर्मचारीले नक्कली उद्योग संचालन गरेको र त्यसमा नक्कली ऋणी खडा गरी ऋण लिने/दिने कार्य गरेर बैंकलाई ५३ करोड रुपैया बराबर रकम हानी नोक्सानी पुरयाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५८ साल फागुनमा मुद्दा दायर गरेको थियो ।

आयोगले दायर गरेको पहिलो बैंकिङ्ग कसुर मुद्दा पुनरावेदन अदालत, विशेष अदालत हुँदै २०६८ सालमा सर्वोच्च अदालत पुगेको थियो ।

(नागरिक दैनिकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *