नेपाल बैंकको खुद नाफा ३ अर्ब १ करोड ७ लाख रुपैया

Post Date : August 12, 2016 | 12:06 pm

काठमाडौं, २८ साउन । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासिकमा ८९ अर्ब ४१ करोड रुपैया निक्षेप संकलन, ६३ अर्ब ५२ करोड ७२ लाख रुपैया कर्जा प्रवाह, १७ अर्ब ७३ करोड ९३ लाख रुपैया लगानी गरी ३ अर्ब १ करोड ७ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकको आ.व. २०७२/७३ को तेस्रो त्रैमासिकसम्म ९४ करोड ९० लाख रुपैया ऋणात्मक रहेकोमा चौथो त्रैमासिकसम्म आउँदा ३ करोड ४७ लाख रुपैयाले घनात्मक बनेको छ । बैंकको अघिल्लो आ.व. २०७१/७२ को असार मसान्तमा २ अर्ब ६३ करोड ४० लाख रुपैया ऋणात्मक थियो ।

बैंकले अघिल्लो आ.व. भन्दा गत आ.व. २०७२/७३ मा ११ अर्ब ४२ करोड रुपैयाले निक्षेप बढाएको छ भने १० अर्ब १४ करोड रुपैया कर्जा बढाएको छ । निष्क्रीय कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटाएर २.७२ प्रतिशत मा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *