नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री हुने

Post Date : August 1, 2016 | 1:59 pm

काठमाडौं, १७ साउन । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर ३ लाख ९९ हजार ९ सय ४० कित्ता बोलकबोल प्रकृयाबाट बिक्री हुने भएको छ । शेयरको न्यूनतम मूल्य तीनहजार पाँचसय तोकिएको छ । सर्वसाधारण व्यक्तिले शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनत्तम २५००० कित्ता वा सोभन्दा मािथ १० ले भाग जाने गरी अधिकतम ३,९९,९४० कित्तामा आवेदन दिन सक्नेछन् । दरखास्त २०७३/४/१७ देखि अन्तिम मिति २०७३/५/५ सम्म दिन सकिनेछ । शेयर विक्रिको लागि सिद्धार्थ क्यापिटल लिमिटेड तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *