नेपाल बैंकले १०० बराबर २३.७४ का दरले हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति पायो

Post Date : March 28, 2017 | 9:43 pm

काठमाडौँ, १५ चैत । नेपाल धितोपत्र बोर्डले नेपाल बैंक लिमिटेडलाई १०० बराबर २३ दशमलब ७४ का दरले हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।

बैंकले रु.१००।– अंकित दरको १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न स्वीकृति पाएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *