नेपाल बैंक लिमिटेडकोे ५७ औ साधारण सभा

Post Date : April 2, 2017 | 5:02 pm

काठमाडौँ, २० चैत । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको ५७ औं साधारण सभा चैत्र २० गते काठमाडौँमा सम्पन्न भएको छ । सभामा बैंकको सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले आ.व. २०७२/७३ को वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नु भयो । हाल सञ्चालक समितिमा नेपाल सरकारबाट नियुक्त भएका जनार्दन शर्मा आचार्य अध्यक्ष तथा सदस्यहरु रामशरण पुडासैनी, डा. डम्बरबहादुर भण्डारी, दीपेन्द्र विक्रम थापा र डा.उमाकान्त सिलवाल (व्यावसायिक विशेषज्ञ) एवं सर्व साधारण सेयधनीहरुको तर्फबाट निर्वाचित दुई जना सदस्यहरु सुरेन्द्रबहादुर सिंह र निश्चल प्रधान रहेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

विज्ञप्तीमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०७२/७३ मा बैंकको सञ्चालन नतिजा उत्साहवर्द्धक रहेको छ । उक्त वर्षमा निक्षेप १४.६३५ ले वृद्धि भई रु. ८९ अर्ब ४१ करोड पुगेको छ भने कर्जा १८.९९५ ले वृद्धि भई रु. ६३ अर्ब ५२ करोड पुगेको छ । लगानी २३.९८५ ले घटेर १२ अर्ब ८७ करोड पुगेको छ । जगेडा तथा कोषहरु १०९.४५५ ले वृद्धि भई रु. २ अर्ब ४८ करोडले धनात्मक भएको छ जुन गत आ.व. मा रु. २ अर्ब ६३ करोड ऋणात्मक रहेको थियो । पूंँजीकोष २.७०५ ले वृद्धि भई १०.२०५ मा पुगेको छ भने निष्कृय कर्जा ०.८७ ५ ले घटेर ३.११५ रहेको छ ।

जारी विज्ञप्तीमा बैंकको भावी योजनाहरुमध्ये यस आर्थिक वर्षभित्र नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी न्यूनतम रु. ८ अर्ब पुरयाउने लक्ष्य रहेको समेत उल्लेख छ । बैंकलाई वित्तीयरुपले बलियो बनाउन बैंकको उपयोगमा नआएका बैंकिङ्ग सम्पत्तिहरुको बिक्री गर्ने नीति रहेको, त्यस्तै, चुक्ता पूँजी वृद्धिको लािग १०ः२.३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको छ । यस बाहेक शेयरधनी महानुभावहरुको चाहना अनुसार सकभर चाँडो प्रतिफल दिने प्रयासमा बैंकले निरन्तर काम गरिराखेको छ । नियमनकारी निकायले दिएको निर्देशन बमोजिम कृषि, जलविद्युत, घरेलु, साना तथा मझौला उत्पादनमूलक उद्योग, प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी बढाउने योजनाका साथ ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी नयाँ योजनाहरु ल्याई रहेको र अझ थप नयाँ योजनाहरु ल्याई प्रतिस्पर्धी व्याजदरमा छिटो छरितो सेवा विस्तार गर्ने कार्ययोजना रहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *