नेपाल राष्ट्र बैंकले अाज १० अर्ब रुपैयाको रिभर्स रिपो जारी गर्दै

Post Date : July 27, 2016 | 12:01 pm

काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले आज बुधबार १० अर्ब रुपैया बराबरको रिभर्स रिपो जारी गर्न लागेको छ । बैंक तथा वित्तीय संस्थासँग तरलता बढी भएपछि त्यसको व्यवस्थापन गर्न रिभर्स रिपो जारी गर्न लागेको हो । यो साउन १९ गते परिपक्व हुनेछ । यसमा बैंक तथा वित्तीय संस्थाले मात्र लगानी (किन्न) गर्न पाउनेछन् । बैंकहरूमा निक्षेपको तुलनामा कर्जा बढ्न नसक्दा तरलता बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ्ग प्रणालीमा ४५ अर्ब रुपैया बराबर अधिक तरलता छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै आएको छ ।

गत आ.व. २०७२÷७३ मा नेपाल राष्ट्र बैंकले पटक पटक गरी ५५० अर्ब रुपैया तरलता प्रशोचन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *