नेपाल राष्ट्र बैंकले एकहजार त्रिपन्न करोड रुपैयाँको ट्रजरी बिल बिक्री गर्ने

Post Date : March 19, 2017 | 9:35 am

काठमाडौँ, ६ चैत । नेपाल राष्ट्र बैंकले चैत ६ गते सोमबार एकहजार त्रिपन्न करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने अवधिको ८ सय २३ करोड रुपैयाँ, १ सय ८२ दिने अवधिको ५० करोड रुपैयाँ र ३ सय ६४ दिने अवधिको १ सय ८० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

एकानब्बे दिने अवधिको ट्रेजरी बिल परिपक्व हुने अवधि २०७४ असार ६ गते, १ सय ८२ दिने ट्रेजरी बिल परिपक्व हुने अवधि २०७४ असोज १० गते र ३ सय ६२ दिने ट्रेजरी बिल परिपक्व हुने अवधि २०७४ चैत ६ गते नेपाल राष्ट्र बैंकले तोकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिल खरिद गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *