नेपाल राष्ट्र बैंकले दियो तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स

Post Date : June 21, 2017 | 3:44 pm

काठमाडौँ, ७ असार । नेपाल राष्ट्र बैंकले आइएमई पे, प्रभु टेक्नोलोजी र ईसेवालाई मोबाइल फोनबाट कारोबार गर्न भिल्ने गरी पेमेन्ट गेटवे लाइसेन्स दिएको छ । भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकबाट जारी निर्देशन र शर्तको अधिन रही दूरसञ्चार सञ्जालको माध्यमबाट मनि ट्रान्सफर कार्य गर्न नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको हो ।

विगत ७ वर्षदेखि संचालनमा रहेको ई–सेवाले मोबाइल रिचार्ज, टपअप, बिजुली/खानेपानीको बिल भुक्तानी, एयरलाईन्स/बस टिकट, फिल्म टिकट खरिद सुविधा दिइरहेको छ । आइएमई पेले डिजिटल वालेट सेवा प्रदान गर्ने गरी लाइसेन्स पाएको छ भने प्रभु टेक्नोलोजीले युटिलिटी बिल भुक्तानी, डिजिटल फाइनान्स सेवा लगायतको कारोबार गर्न पाउने गरी लाइसेन्स नेपाल राष्ट्र बैंकले दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *