नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८० ‘क’ बिक्री गर्ने

Post Date : March 20, 2017 | 11:15 am

काठमाडौँ, ७ चैत । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८० ‘क’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्ने भएको छ । सात वर्षे अवधिको लागि निष्काशन हुने ऋणपत्रको ब्याज दर बोलपत्रको माध्यमबाट निर्धारण हुने जनाइएको छ । २०७३ चैत ८ गतेका दिन अपरान्ह ३ बजेभित्र बोलकबोल पेश गरिसक्नु पर्नेछ । ऋणपत्रको ब्याज अर्धवार्षिक (आर्जित ब्याजमा ब्याजकर लाग्ने) रूपमा भुक्तानी हुने र सावाँ भुक्तानी २०८० साल चैत ९ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *