नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने

Post Date : March 9, 2017 | 8:32 pm

काठमाडौँ, २६ फागुन । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ग’ (५ वर्षे) २०७३ चैत २ गतेदेखि २४ गतेसम्म बिक्री गर्ने भएको छ । वार्षिक १० प्रतिशत (ब्याज कर लाग्ने) का दरले ६/६ महिना ब्याज भुक्तानी गरिने यस बचतपत्रको साँवा भुक्तानी २०७८ चैत ३० गते हुनेछ । यो बचतपत्र खरिदकर्ताले घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जानेसम्म रकमको लागि निवेदन दिन सकिनेछ ।

यो बचतपत्र नेपाल बाहिर रोजगारीमा संलग्न वा रोजगारीबाट नेपाल फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ । यो बचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिनेछ ।

बचतपत्र खरिद गर्न चाहने व्यक्तिले बिक्री एजेन्टबाट आवेदन निःशुल्क प्राप्त गर्न सकिनेछ भने नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Public Debt भित्र Foreign Employment Saving Bond नामको फोल्डरबाट डाउनलोड गरी प्रयोग गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *